कैलाली ३ मा मतगणना सुरु


कैलाली । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी दिए ।

उनका अनुसार कैलारी गाउपालिका(३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो ।

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।