काठमाडौँ–१ रास्वपाबाट निर्वाचित रञ्जु दर्शनाको यस्तो छ राजनीतिक पृष्ठभूमि


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् ।  आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए ।
कांग्रेसका थापा क्षेत्रीले छ हजार ३६४ मत प्राप्त गरे । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।
न्यौपानेको राजनीतिक पृष्ठभूमि
वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय हुनुभएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गर्नुभएको थियो ।
यसअघि २०७४ मा उहाँ २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको प्रमुखको प्रत्यासी हुनुहुुन्थ्यो । उहाँ विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो । उहाँले राजनीतिशास्त्र  र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।
महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आउनुभएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुल्नुभएको छ ।
सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उहाँ सामाजिक अभिन्ताका रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।