रौतहट १ मा रास्वपाको अग्रता, माधव नेपाल चौथो स्थानमा


काठमाडौँ । रौतहट क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिएका छन् । यहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा छन् ।

रास्वपाका चौधरीले ७०६ मत ल्याउँदा जसपाका योगेन्द्र चौधरी ५६७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका अजय गुप्ता २८८ मतसहित तेस्रो र चौथो स्थानमा नेकपाका माधवकुमार नेपालले २२० मतसहित चौथो स्थानमा छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १४ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।