हर्क साम्पाङको क्षेत्रमा मतगणना सुरु


सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । यहाँबाट श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका धरानका पूर्वप्रमुख हर्क साम्पाङलगायत उम्मेदवार रहेका छन् ।

धरान ८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो । तर, मतगणना भने भर्खरै सुरु भएको हो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।