काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन् ।
जारी मतगणनामा लामिछाने १० हजार ८२२ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा उनका अन्य सबै प्रतिस्पर्धीको मत जोड्दा पनि उनको मतभन्दा कम छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेसकी मिना कुमारी खरेलले ३ हजार २२७ मत प्राप्त गरेकी छन् । यस्तै, नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८४६, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले एक हजार ८४४ मत पाएका छन् ।












प्रतिक्रिया