शेखर कोइरालालाई पछि पार्दै रास्वपाकी रुविनाको प्रारम्भिक अग्रता


विराटनगर । नेपाली काँग्रेसका नेता डा‍.शेखर कोइरालालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य ५ हजार मतले अगाडी परेकी छन् ।

आचार्यले हालसम्म ६ हजार ६०१ मत प्राप्त गरेकी छन् । यस्तै डा.शेखर कोइरालाले भने १ हजार ४२७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका विनोदप्रसाद ढकालले १ हजार ३४४ मत पाउँदा श्रम संस्कृति पार्टीका मातृका पौडेलले १ हजार २९३ मत पाएका छन् ।

यस्तै, राप्रपाका सविन निरौलाको २८२ र नेकपाका ओपेन्द्रकुमार रायले १८२ मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।