सर्लाही ४ मा अमरेशभन्दा ४७१ मतले पछि परे गगन थापा


काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।

सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १५ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।