‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ’

0
Shares

हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण थियो, इन्द्रदहकै दक्षिणतर्फको फेदिमा सुरु भइरहेको नागढुंगा नौबिसे सुरुंग मार्गको पुर्वी प्रवेशद्वारको नीरिक्षण।

देशलाई सम्मृद्धितर्फ लैजानरेल र पानी जहाज सम्मको पुर्वाधार विकासको मार्ग देखाउनु भएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा सूरुङमार्ग समेत पर्छ । डाडाँकाडाँ उकालो ओह्रालो तथा असंख्य घुम्तिहरु पार गर्दै हिँडने सडक अब सुरुंग मार्गबाट निमेष भरमै यसअघिक यौं घन्टा लाग्ने मार्ग पार गर्दैछ । देश अब सुरुंग युगमा प्रवेश गरिसकेको बताउने प्रधानमन्त्री ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भनेका थिए । ‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ’।

इन्द्रदहको कार्यक्रम सकेर सुरुंगको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरुंगको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौति र कोभिडका कारण परेको असर बारे जानकारी गराएका थिए ।

उनीहरुका अनुसार कुल २.६८ किलो मिटर लम्बाईको दुई लेनको यो सुरुंगमार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीनवटा पुल र दुई अण्डर पास सहित निर्माण हुँदैछ । यसमा पानी पटाउने, आकस्मिक उद्धार र सुरुंग भित्र २४ सै घन्टा प्रकाश अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सिसिटिभि समेत हुने छ ।

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याए । मुलुकका प्रधानमन्त्रीले आफू तिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए ।

गत २०१९ को नोभेम्बर महिनामा सुरुभएको ठेक्कामितिले ४२ महिनाभित्र सम्पन्न हुनेछ । अहिले धुनिबेसी नगरपालिकास्थित सुरुंगको पश्चिमी मार्ग तर्फबाट ९० मिटर खनिएको छ भने पुर्वतर्फ चन्द्रागिरी नगरपालिका स्थितपुर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ । त्यहाँ कमलो माटोको भाग सकिएर कडा चटानको भाग सुरुभएपछि सुरुंग निर्माणले तिव्र गति लिने जानकारी पनि निर्माण पदाधिकारीहरुले दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।