कैलाली–४ मा रास्वपाको सुरुवाती अग्रता


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर–४ मा रास्वपाका उम्मेदवार खेमराज कोइरालाले अग्रता लिएका छन् । ९०० मत गणना हुँदा कोइराले ५०१ मत सहित सुरुवाती अग्रता बनाएका हुन् ।

नेकपा (एमाले)का उम्मेदवार एवं पूर्वमन्त्री लेख राज भट्ट ३० मत सहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्टले १६२ मत पाएका छन् । विष्ट दोस्रो स्थानमा छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरि राम चौधरीले १३ मा ल्यएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।