काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार १०७ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार १०७ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार १३ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १३ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ९ स्थानमा अगाडि छन् ।
त्यस्तै श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् ।
हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट, काठमाडौँ ८ बाट विराजभक्त श्रेष्ठ १९ हजार ५५९ मत र कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन् ।












प्रतिक्रिया