नेपाल बैंकमा सीईओ खुला प्रतिस्पर्धाबाट छनौट हुने, बैंकले माग्यो दरखास्त

0
Shares

नेपाल बैंकले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ । जसका लागि बैंकले आवदेदन माग गर्दे सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

बैंकले बुधबार सूचना जारि गर्दै न्यूनतंम दरखास्त आह्वान गरेको हो । बैंकले तोकेको न्यूनतम शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तीहरुले आवेदनका साथ व्यवसायीक योजना समेत पेश गर्नुपर्नेछ ।

व्यवस्थापन, अर्थशास्त्र, लोखा, वाणिज्य शास्त्रमा वा कानुनमा स्नाकोत्तर उपाधीले आवेदन दिन सक्नेछन् । त्यस्तै यस क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव भएको हुनुपर्नेछ ।

बैंकले पाँच हजार शब्दमा नबढ्नेगरी योजना पेश गर्न भनेको छ । छनौटमा परेका उम्मेदवार मध्ये ३ जनाको लागि नियुक्तिको लागि सिफारिस गरिने र एक जना नियुक्त हुने छन् ।

सीइओको तलब मासिक ३ लाख हुने र अन्य प्रोत्साहन भत्ता उपलब्ध हुने उल्लेख छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने छ । नेपाल बैंकमा देवेन्द प्रताप शाहको कार्यकाल सकिएपछि सीइओ पद रिक्त छ ।