नेमकिपाको किल्ला भत्कियो, भक्तपुर-१ मा रास्वपाका रन्जित विजयी


भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।योसँगै भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्किएको छ ।

रन्जित निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए ।

त्यस्तै नेपाली कांग्रेसकाम किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  ०९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।