बागलुङमा दुबै क्षेत्रमा रास्वपा विजयी


काठमाडौँ । बागलुङमा दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएको छन् । क्षेत्र नम्बर १ मा सुशील खड्का २० हजार ९२७ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भिमबहादुर रानाले ११ हजार ९४४ मत प्राप्त गरेका छन् । एमालेका हिराबहादु खत्रीले ८ हजार ६४० मत प्राप्त गगर्दा जनमोर्चाका कृष्ण हर्माले ४ हजार ५२१ मतमात्र प्राप्त गरेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा १२ हजार ६४७ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।