रौतहट-१ मा रास्वपाका चौधरी विजयी


चन्द्रपुर (रौतहट) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरी विजयी भएका छन् । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त  गरेको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।

उक्त क्षेत्रमा नेकपा (एमाले)का अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले ८ हजार ५७४ मत प्राप्त गरे । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७ हजार ६६९ मत पाए ।

यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो ।

हाल रौतहटको–२, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नं २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम, क्षेत्र नं. ३ मा रास्वपाका रवीन्द्र पटेल र क्षेत्र नं. ४ मा रास्वपाकै गणेश पौडेलले अग्रता कायम राखिरहेका छन् । रासस

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १४ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।