काठमाडौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् ।
बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन
।
एमाले अध्यक्ष ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६३४ मतको अन्तर रहेको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गरे भने मंधराले १ हजार ८२१ मत गरिन् ।












प्रतिक्रिया