काठमाडौँ । झापा ५ मा प्रतिनिधि सभा सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र लिएका छन् ।
शाहसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन्।












प्रतिक्रिया