मुगुमा एमालेको अग्रता


मुगु । मुगुमा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले दुई हजार ४६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीले दुई हजार ४०२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीले ६६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले १५८ मत प्राप्त गरेका छन् । मुगुमा कुल ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ अर्थात् ६१।३८ प्रतिशत मत खसेको सूचना अधिकारी खनियाँले जानकारी दिए। मतदानका लागि एउटा अस्थायी मतदान केन्द्रसहित ७० मतदान केन्द्र र ६७ मतदानस्थल कायम गरिएको थियो ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  ०६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।