ओखलढुंगामा पनि रास्वपाको जित


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार विश्वराज पोखरेल विजयी भएका छन् । १३ पोखरेल हजार ९५३ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाए । नेकपा (एमाले) की उमेदवार असिमता थापा १० हजार ७२० मतसहित चौथो स्थानमा रहेकी निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।