प्रतिनिधि सभा निर्वाचन : २८ क्षेत्रको नतिजा आउन बाँकी


काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् ।

हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् ।

गत बिहीबार भएको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।