सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई विजयी


काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नं। १ को सम्पन्न मतगणना परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई विजयी भएका छन्।

राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सरिन तामाङ (गोमा) ले २७ हजार ३४९ मत प्राप्त गरिन्।

त्यसैगरी नेकपा (एमाले) का टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।