मुगुमा कांग्रेसका शाही विजयी


मुगु । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गरेका छन् ।

शाहीका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रंगवीर परियारले २८० मत मात्र प्राप्त गरेका छन् ।

जिल्लामा ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ मत खसेको थियो । कांग्रेसका शाही नेपाली काङ्ग्रेस मुगुका पूर्व पार्टी सभापति छन् ।
रासस

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।