सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी


कामठाडौँ । सिन्धुपाल्चोक २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल विजयी भएका छन् । दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत पाएका छन् । त्यस्तै, एमालेका शेरबहादर तामाङ १५ हजार ९२६ मत प्राप्त गरेका छन् भने रास्वपाका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत पाएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।