काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा ३० वर्षमुनिका ८ जना उम्मेदवारले प्रत्यक्षतर्फ चुनाव जितेका छन्। मकवानपुर–२ बाट निर्वाचित रास्वपाका प्रशान्त उप्रेती कान्छो सांसदको परिचय बनाउने क्रममा छन्। २५ वर्षका उनले ३० हजार ५० मत प्राप्त गरी निर्वाचित भएका छनु । २६ वर्षका केपी खनाल रास्वपाबाटै कैलाली–२ बाट निर्वाचिन भए । उनले १९ हजार ५७ मत पाएका छन् ।
यता, नवलपुर–२ बाट निर्वाचित २६ वर्षका मनीष खनाल रास्वपाका तर्फबाट सांसद बनेका छन् । उनले ४१ हजार ३४७ मत प्राप्त गरी निर्वाचित भए।
२८ वर्षका सुलभ खरेल रूपन्देही–२ बाट निर्वाचित भएका छन् । उनले ५६ हजार ५५० मत ल्याएका छन् ।
युवा तथा खेलकुद मन्त्री भइसकेका बब्लु गुप्ता पनि आगामी संसदका युवा अनुहार बन्नेछन् । उनले सिराहा–१ बाट ४१ हजार ३२२ मत ल्याएर निर्वाचित भएका छन् । काठमाडौं–५ बाट निर्वाचित रास्वपाका सस्मित पोखरेल पनि युवा अनुहार नै हुन् । २९ वर्षीय पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित भएका थिए । रास्वपाकै निशा डाँगीले पनि युवा सांसदको परिचय बनाएकी छन् । उनी दोहो¥याएर सांसद बनेकी हुन् । यसअघिको संसदमा पनि उनी कान्छी सांसदकै रूपमा थिइन् ।
२९ वर्षीय डाँगी झापा–१ बाट ४५ हजार ६८० मत ल्याएर निर्वाचित भएकी हुन्। खोटाङ–१ बाट श्रम संस्कृति पार्टीको प्रतिनिधित्व गर्दै निर्वाचित आरेन राई पनि ३० वर्ष मुनिका हुन्। २९ वर्षका उनले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।






प्रतिक्रिया