काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा १४ लाख १७ हजार रुपैयाँ खर्च गरेका छ ।
उनले विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् । उनले सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार खर्च भएको छ । दुईवटा सवारी साधनमा प्रयोग बापत दुई लाख ९३ हजार ८०० खर्च भएको विवरणमा उल्लेख छ ।
यस्तै उनले हवाइ भाडामा ३५ हजार रुपैयाँ खर्च गरेका छन् भने मतदाता प्रशिक्षण कार्यक्रममा २८ हजार ९७० रुपैयाँ, नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ खर्च गरेका छन् । फागुन २१ गते भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतले विजयी भएका छन् ।













प्रतिक्रिया