काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम पुनःबदली भई आज विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज ३६ मिलिमिटरसम्म वर्षा भएको छ । बदली अझै केही दिन कायम रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् ।
विभागको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा आज सबैभन्दा बढी वर्षा नवलपरासी बर्दघाटपूर्वमा ३६ दशमलव छ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए । उनका अनुसार नवलपरासी पश्चिममा २८ दशमलव चार, तनहुँमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
रुपन्देही काठमाडौँ, सिन्धुपाल्चोक, कास्की, म्याग्दी, बागलुङ र डोल्पामा पाँच मिलिमिटरभन्दा कम वर्षा भएको जनाउँदै कायस्थले पूर्व धनकुटामा पाँच दशमलव दुई मिलिमिटर वर्षा भएको उल्लेख गरे।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज साँझ बुलेटिन जारी गरी आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेशको थोरै स्थानमा र कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । मङ्गलबार देशभर साधारणतया बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू(भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । बुधबार पनि बदली कायम रहने जनाइएको छ ।












प्रतिक्रिया