काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा १२५ सिट जितेको छ ।
नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६मत पाएको छ। नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकतर्फ पाएको आयोगले जनाएको छ । नेकपा एमालेले ९ सिट पाएको छ।
यस्तै प्रत्यक्षतर्फ सात सिटसहित चौथौ भएको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको छ । पाँचौ भएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले तीन लाख ७४ हजार ३१४ मत ल्याएको छ ।
समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन् । इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना जारी छ । अन्य क्षेत्रको भने मतगणना सकिएको छ ।
यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरू यसपल्ट निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७४ हजार ३१४ मत पाएको छ ।
त्यस्तै जनमत पार्टीले ७८ हजार ९५३ मत ल्याएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।












प्रतिक्रिया