कतार एयरवेजले कहिले-कहिले गर्दैछ दोहा-काठमाडौँ उडान ? यस्तो छ तालिका


काठमाडौँ । कतार एयरवेजले दोहाबाट काठमाडौंसम्मको उडान गर्ने भएका छन् । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएकोले कतार एयरवेजले काठमाडौं–दोहा उडान तालिका तय गरेको हो ।

कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले १६ र १७ मार्च अर्थात् चैत २ र ३ गते दोहा–काठमाडौं उडान हुने छ । यसैगरी १७ र १८ मार्च अर्थात् चैत ३ र ४ गते काठमाडौं–दोहा उडान तालिका तय भएको कतार एयरवेजले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

यसैबीच कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन, पेरिस लगायतका एसियाली तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा पनि विशेष उडान गर्ने भएको छ ।

 

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।