पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो, एलपि ग्यासको कति ?


काठमाडौँ  । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य  आइतबारदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा १६९ रुपैयाँ वृद्धि गरिएको छ ।

सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ, डिजेल १५२ रुपैयाँ  कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  ०६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।