वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स समस्याग्रस्तबाट फुकुवा

0
Shares

वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई राष्ट्र बैंकले समस्याग्रस्त संस्थाबाट फुकुवा गरेको छ । राष्ट्र बैंकले उक्त संस्थालाई सशर्त समस्याग्रस्त बाट हटाएको हो ।

कम्पनीको सबै संस्थापक शेयर नयाँ समूहले किनेपछि समस्याग्रस्त घोषणा भएको ६ बर्षपछि शर्तसहित कम्पनीलाई समस्याग्रस्तबाट मुक्त गरेको हो । राष्ट्र बैंकले आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन, खराब कर्जा उठाउन र चुक्ता पूँजी बढाउन निर्देशन दिएको छ ।

खराब कर्जा अधिक भएपछि २०७० वैशाखमा राष्ट्र बैंकले निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउनेगरी समस्याग्रस्त घोषणा गरेको थियो ।

समानुपातिक चुक्ता पूँजी कायम गर्न नसक्दा र पूँजी कोष ऋणात्मक भएपछि संस्था समस्याग्रस्तमा परेको थियो । त्यसबेला कम्पनीको पूँजी कोष ४२.०६ प्रतिशतले ऋणात्मक भएको थियो।