मध्यपूर्वका सात देशको श्रम स्वीकृति नविकरण गर्ने सरकारको निर्णय, नयाँलाई भने तत्काल अनुमति नदिइने


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका सीमित देशका लागि पुनस् श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । सरकारले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नागरिकको श्रम स्वीकृति गर्ने भएको हो ।

मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्व र सुरक्षाजन्य जोखिमका कारण देखाउँदै सरकारले फागुन १७ गते मन्त्रीस्तरीय निर्णय गर्दै श्रम स्वीकृति र नवीकरण स्थगन गरेको थियो । नवीकरण बन्द हुँदा सो गन्तव्यमा जाने र सो देशमा भएका श्रमिक मर्कामा परेपछि सरकारले नविकरण खुला गरेको हो ।

स्थिति विश्लेषणका आधारमा जोखिम कम भएका गन्तव्यहरूलाई प्राथमिकतामा राख्दै पुनस् श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । सरकारले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्की, इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा समेत श्रम स्वीकृति र नविकरण स्थगन गरेको थियो ।

यो पनि पढ्नुहोस्

मध्यपूर्व तनावले श्रम स्वीकृति र नविकरण दुवै बन्द, वैदेशिक रोजगारीमा रहेका लाखौँ युवा प्रभावित

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार  ०७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।