राष्ट्र बैंकले बिक्रीमा राखेको आरएमडीसीको तीन लाख कित्ता शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

0
Shares

नेपाल राष्ट्र बैंकले लिलामी प्रक्रियाबाट बिक्रीम गर्न लागेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख २३ हजार ५२५ हजार कित्ता संस्थापक शेयर असार १३ गतेदेखि लिलामीमा राखेको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । जसमा आवेदन गर्ने आज साउन १६ गते अन्तिम दिन हो । आवेदन फारम राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा पाइनेछ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । सबैभन्दा बढी दररेटमा खरिद प्रस्ताव गर्ने आवदकलाई शेयर बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

लिलामीको बोलपत्र साउन १९ गते बिहान ११ बजे खोलिने केन्द्रीय बैंकले जानकारी गराएको छ ।

आरएमडीसी लघुवित्तको दोस्रो बजारमा प्रतिकित्ता शेयर मूल्य ६७७ रुपैयाँ रहेको छ ।

आरएमडीसी लघुवित्तले गत आर्थिक वर्षमा ३३ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ। चुक्ता पुँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको लघुवित्तले प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।