काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनद्वारा पोखरामा ‘वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । चैत्र ११ देखि १५ गतेसम्म लेकसाइडस्थित तालबराही चोक नजिकैको खेल मैदानमा सञ्चालन हुने प्रदर्शनीमा विभिन्न ब्राण्डका सवारी साधन तथा अटो सामग्री प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे, लाइट तथा हेभी कमर्शियल सवारीसाधनसहित वित्तीय संस्था र अटो एसेसरिजका स्टल रहने आयोजकले जनाएको छ । साथै भिन्टेज कार शो र आधुनिक रोबोट प्रदर्शन पनि आकर्षणका रूपमा रहनेछन् ।
अटो व्यवसाय प्रवर्द्धन, नयाँ प्रविधिको जानकारी तथा आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा करिब ४५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया