काठमाडौँ । एभरेष्ट बैंकले चैत ०२ देखि ०८ गतेसम्म मनाइएको “ग्लोबल मनी विक” को अवसरमा देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको संयोजनमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत बैंकले सातै प्रदेशका शाखामार्फत कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा विभिन्न विद्यालय तथा क्याम्पसहरूमा ३ हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै, केही विद्यार्थीहरूलाई बैंक शाखा अवलोकन गराई बैंकिङ सेवाबारे व्यावहारिक ज्ञानसमेत दिइएको बैंकले जनाएको छ।
“तिम्रो पैसा, तिम्रो भविष्य” नारासहित सञ्चालन गरिएका कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवाबारे आवश्यक सचेतना प्रदान गरिएको थियो। हाल बैंकका करिब १४ लाख ग्राहक, १३३ शाखा, ४ विस्तारित काउन्टर र १६३ एटिएममार्फत सेवा प्रदान हुँदै आएको छ।












प्रतिक्रिया