वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन



पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको बताए ।

चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्यो । भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब नौ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ , पुुसमा २० अर्ब २० करोड रुपैयाँ , माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुन १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  ०६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।