रास्वपाको संसदीय दलको बैठक सुरु


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । केन्द्रीय समितिको बैठकले आज संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई पनि सहभागी गराइएको जानकारी दिए । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गरेको झाले बताए ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।