भारतका विदेशमन्त्रीद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई


काठमाडौँ । भारतका विदेशमन्त्री डा एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

विदेशमन्त्री डा जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनीसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरे ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।