काठमाडौँ । सरकारी वकिलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेका छन् ।
ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका बेला केही सरकारी वकिलले भने थुनामा राख्न माग गरेका हुन् ।
जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
यता, ओली र लेखक पक्राउको विरोधमा आज माईतीघरमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनकारीहरुले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजिनामा माग गर्दै अध्यक्ष ओलीलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । अध्यक्ष ओली र लेखकलाई सरकारले जेन–जी आन्दोलन छानविन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिवार पक्राउ गरेको थियो । पक्राउपछि शनिवार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो ।












प्रतिक्रिया