काठमाडौँ । ७५ वर्षमा मात्रै वृद्धभत्ता दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ ।
गत पुस १४ गते सरकारले गठन गरेको सुशासन मार्गचित्र समितिले बनाएको प्रतिवेदन अनुसार सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने उमेर बढाएर ७५ वर्ष पुर्याउन भनिएको हो।
हाल यसका लागि उमेर हद ७० वर्ष छ। एकल महिला, कर्णाली लगायत तोकिएका क्षेत्रमा भने ६५ वर्षमा दिइन्छ। यसअघि यस्तो उमेर घटाएर ६८ वर्षमा झारिएको थियो।
औसत आयुलाई मध्यनजर गरेर कर्मचारीको अवकाश पाउने उमेर बढाएर ६३ वर्ष पुर्याउन सुझाव दिइएको छ।












प्रतिक्रिया