काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर दराज नेपालले बहुप्रतीक्षित ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ। उक्त अफर चैत २० बेलुका ८ बजेदेखि चैत २७ सम्म सञ्चालन हुनेछ।
उत्सव अवधिभर ग्राहकहरूले ७५ प्रतिशत सम्म छुट, निःशुल्क होम डेलिभरी र ८३ लाख रुपैयाँ बराबरका भौचरहरूको सुविधा पाउनेछन्। साथै विभिन्न ब्रान्डहरूमा दैनिक फ्ल्यास सेल, विशेष डिल तथा ४४ देखि २ हजार ४४४ सम्मका अफरहरू उपलब्ध हुनेछन्।
ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकका कार्ड प्रयोग गर्दा १५ प्रतिशत सम्म (क्रेडिट) र १० प्रतिशतसम्म (डेबिट) छुट प्राप्त गर्न सक्नेछन्। साथै, ईसेवा र खल्तीमार्फत ‘रश आवर’ अफरहरू पनि उपलब्ध हुनेछन्।
उत्सवलाई थप आकर्षक बनाउन करिब १ लाख ८० हजार बराबरको होम अप्लायन्स बन्डलसहितको विशेष उपहार जित्ने अवसर पनि ग्राहकहरूलाई प्रदान गरिने दराजले जनाएको छ।










प्रतिक्रिया