सामसङले ल्यायो नयाँ वर्ष अफर

२४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना


काठमाडौँ । सामसुङ नेपालले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अन्तर्गत २४ महिनासम्मको एक्स्टेन्डेड इएमआई योजना ल्याएको हो । अफर अप्रिल १ देखि मे १४ सम्म लागू हुने कम्पनीले जनाएको छ।

अफरमा कम्पनीले टिभीमा २५ प्रतिशत र वाशिंग मेशिनमा २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ। नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर रहेको कम्पनीले दाबी गरेको छ ।

अफरलाई आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा ३००० हजार बराबर १२ महिनासम्मको नेट टिभी प्याकेज निःशुल्क उपलब्ध गराएको छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६ केजी सरफ पक्का उपहारको रूपमा निःशुल्क पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ २४ महिना योजनासँग सामसङका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएको कम्पनीले जनाएको छ । साथै ग्राहकहरूले ५० हजारभन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो योजनाले १२ महिना इएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँने र जसले ग्राहकलाई बढी लचिलोपन दिने कम्पनीको दाबी छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।