इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि समायोजना गरिने


काठमाडौँ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा संचालक संघले हवाई भाडा पनि समायोजन गर्ने भएको छ ।

निगमले आन्तरिक इन्धनको मूल्य प्रति लिटर १२४ रुपैयाँ बाट बढाएर १९१ रुपैयाा पु¥याएपछि संघले विज्ञप्ति जारी गर्दै नयाँ भाडादर लागु हुने जानकारी दिएको हो । इन्धनको मूल्य बढेको कारण हवाई तथा हेलिकप्टर भाडा दरमा फ्युल चार्ज थप गरी नयाँ भाडादर कायम गरिएको संघले जनाएको छ ।

संघले आन्तरिक हवाई इन्धनको मूल्य घट्दा र बढ्दा सोहि अनुपातमा भाडादर समायोजन गर्ने नीति अनुरुप नै यो निर्णय गरेको प्रष्ट पारेको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।