मुक्तिनाथ विकास बैंकले पूँजी बजारमा लगानी गर्न शेयर कर्जा दिने

0
Shares

मुक्तिनाथ विकास बैंकले पूँजी बजारमा लगानी गर्नका लागि शेयर धितो राखेर कर्जा लिन मिल्ने शेयर कर्जा सुविधा सञ्चालन गरेको छ ।

यो कर्जा, धितो राखेको शेयरको ६५% सम्मको कर्जा एक वर्षका लागि लिन सकिने बैंकका सूचना अधिकारी तिल बहादूर गुरुङ्ग जानकारी दिए ।

त्यस्तै, बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्ने जनाएको छ ।

‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ भन्ने मुल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ । आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका बंैकिंङ्ग सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।