डिप्रोक्स लघुवित्तको लाभांशलाई राष्ट्र बैंकको स्वीकृति


डिप्रोक्स लघुवित्त (DDBL) को प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बितरण गर्नका लागि प्रस्ताव गरेको बोनस तथा नगद लाभांश बितरण गर्न बाटो खोलेको हो ।

राष्ट्र बैंकको स्वीकृतिसँगै अब लघुवित्तले साधारण सभाबाट लाभांश अनुमोदन गराएर शेयरधनीको खातामा जम्मा गराउनेछ ।

लघुवित्तको गत गत माघ २८ गते बसेको सञ्चालक समितिका बैठकले गत आर्थिक वर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।