बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन नेप्सेले लागू गर्यो कार्यविधि

0
Shares

नेपाल स्टक एक्चेन्ज नेप्सेले बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनको लागि साउन १६ गते देखि “वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६“ लागू गरेको छ ।

ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्नको लागि कार्यविधि तयार पारेको हो ।

नेप्सेले आफुले तयार पारेको कार्यविधि बमोजिम स्थापना भएको वाणिज्य बैंकका सहायक कम्पनीलाई लाइसेन्स सिफारिस गर्नेछ । नेप्सेको सिफारिस पश्चात नेपाल धितोपत्र बोर्डले बैंकहरुलाई ब्रोकर लाइसेन्स वितरण गर्नेछ ।

कार्यविधि लागू भएसँगै नेप्सेले बैंकको सहायक कम्पनीसंग ब्रोकर लाईसेन्सको लागि निवेदन माग गर्ने छ । प्रक्रिया पुरा गरेका कम्पनीलाई नेप्सेले लाईसेन्सको लागि बोर्डमा सिफारिस गर्ने छ ।

धितोपत्र बोर्डले केहि दिन अघि मात्रै नेप्सेलाई थप ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अगाडी बढाउँन निर्देशन दिएको थियो ।

हालसम्म ब्रोकर सेवा उपलब्ध गराउन सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १९ बैंक ईच्छुक देखिएका छन् । जसमध्ये राष्ट्र बैंकबाट १० वटा बैंकले ब्रोकरको काम गर्ने अनुमति समेत लिईसकेका छन् । अब ति बैंकका सहायक कम्पनीहरुले नेप्सेमा आवेदन गर्नेछन् ।

ब्रोकरको काम गर्न अनुमति लिनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमान्डू, एनआइसी एसिया, कुमारी, सिद्धार्थ रहेका छन् । यसैगरी, ग्लोबल आइएमई, जनता, मेगा, सेन्चुरी र सानिमा बैंकले पनि राष्ट्र बैंकबाट अनुमति अनुमति लिएका छन् ।