एक नेपाली, एक डिम्याट खाता अभियान अन्तर्गत एनआईबिएल एस क्यापिटलको निशुल्क घरदैलो सेवा


नेपाल धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले निशुल्क घरदैलो डिम्याट खाता अभियान सञ्चालन गरेको छ ।

क्यापिटलले ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा फाल्गुन २० गते उक्त अभियान सञ्चालन गरेको हो । प्रत्येक नेपालीको पूँजी बजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको एनआईबिएल एस क्यापिटलले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोे लगनखेल शाखाको समेत संलग्नतामा उक्त अभियान सञ्चालन गरिएको थियो ।

एनआईबिएल एस क्यापिटलले ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आइरहेको छ भने गत पुस १ गते देखी सिमित अवधिको लागि निशुल्क डिम्याट खाता तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७७, शुक्रबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।