सामसङ नेपालले आफ्नो नयाँ ए सिरिजअन्तर्गत ग्यालेक्सी ए %& फाइभ जी र ग्यालेक्सी ए #& फाइभ जी सार्वजनिक गर्दै प्रिअर्डर खुला गरेको छ। कम्पनीका अनुसार यी स्मार्टफोनहरूमा आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली तथा उन्नत सफ्टवेयर सुविधा समावेश गरिएको छ, जसले दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेको छ।
विद्यार्थी तथा सामान्य प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको नयाँ ए सिरिजले दैनिक कार्यहरूलाई छिटो, सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यी दुवै मोडलको प्रिअर्डर नेपालमा वैशाखको पहिलो सातादेखि मध्य वैशाखसम्म -स्टक उपलब्धतासम्म_ खुला रहनेछ।
यसै अवसरमा सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले भने, “नयाँ ए सिरिजले कृत्रिम बुद्धिमत्ता प्रविधिलाई सबै प्रयोगकर्तासम्म पुर्याउने हाम्रो प्रतिबद्धता झल्काउँछ। सामसङको मुख्य क्षमतासँग ‘असम इन्टेलिजेन्स’ जोडिएपछि यी दुवै मोडलले दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिनेछन्। साथै, चौबीस महिनासम्म किस्ताबन्दी सुविधा ल्याएर हामीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएका छौं।”
कम्पनीले नयाँ मोडलहरूसँगै आकर्षक अफरहरू समेत उपलब्ध गराउने जनाएको छ, जसले प्रयोगकर्तालाई प्रिअर्डर अवधिभित्र थप लाभ लिन मद्दत गर्नेछ।












प्रतिक्रिया