सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा, अब कार्यालय समय ९ देखि ५ बजेसम्म


काठमाडौँ । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।