हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज चयन भएका छन् । यस अघिका अध्यक्ष शुलभ अग्रवालले चैत २० गते राजीनामा दिएसँगै अध्यक्ष पद रिक्त थियो ।

व्यवसायी दीपक भट्ट र उनीसँगको कारोबारमा संलग्न भएको आरोपमा शंकर समूहका उपाध्यक्ष समेत रहेका सुलभ अग्रवाललाई अनुसन्धानका दायरामा ल्याएसँगै अध्यक्ष पदबाट राजीनामा दिएका थिए । सोही कारण रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि बजाज नियुक्त भएका हुन् ।

चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको सञ्चालक पदमा कम्पनीको संथापक शेयरधनी लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधित्व गरेका बजाजलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार  २० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।