नयाँ आर्थिक वर्षको पहिलो १५ दिनमा १९ अर्ब राजश्व संकलन, एक अर्ब ९१ करोड बजेट खर्च

0
Shares

नयाँ आर्थिक वर्ष २०७६/७७ को सुरुको १५ दिनमा सरकारले कूल १ अर्ब ९१ करोड ६४ लाख बजेट खर्च गरेको छ । साथै यस अवधिमा १९ अर्ब ३४ करोड ४८ लाख राजस्व संकलन गरेको छ ।

१५ दिनमा सरकारले कुल लक्ष्यको १.७४ प्रतिशत राजश्व संकलन गरेको छ भने ०.१३ प्रतिशत बजेट खर्च गरेको छ ।

सरकारको पहिलो १५ दिनमा चालुभन्दा पूँजीगत खर्च बढी देखिएको छ । नयाँ आर्थिक वर्षको पहिलो महिनामा तलवभत्ता बुझ्ने समय नभएका कारण त्यस्तो देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १५ दिनको अवधिमा ८ करोड ५४ लाख चालु खर्च भएको छ भने पूँजीगत खर्च भने १ अर्ब ८३ करोड १० लाख रुपैयाँ भइसकेको छ । कूल बजेट खर्च १ अर्ब ९१ करोड ६४ लाख भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब बजेट व्यवस्था गरेको छ भने ११ खर्ब १२ अर्ब राजश्व उठाउने लक्ष्य लिएको छ ।