राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त


किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्ति गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेसँगै अझै एक डेपुटी गभर्नर पद रिक्त रहेको छ । करीब एक महिनादेखि रिक्त रहेको यस पदमा सरकारले पण्डितलाई मात्र नियुक्ति गरेको हो ।

हाल राष्ट्र बैङ्कको विदेश मुद्रा व्यवस्थापन विभागमा कार्यरत रहेका थिए ।  २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितसँग बैङ्क, सुपरिवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय, समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । उनले भुक्तानी प्रणाली विभागमा पनि काम गरेका छन् । उनी २०८२ जेठ २१ मा नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा नियुक्त भएका थिए ।

कार्य सम्पादन र उच्च योग्यताका आधारमा नियुक्ति हुने बताउँदै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पण्डितलाई डेपुटी गभर्नरका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेका थिए ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार  १३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।